सीमा क्षेत्रमा गोली हानी महिलाको हत्या

0
15

काठमाडौं- धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी एक महिलाको हत्या भएको छ ।मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले अन्दाजी २५ वर्षीया महिलालाई गएराति सवा ८ बजेतिर गोली हानी भारतिर भागेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीले जनाएको छ । मृतक महिलाको पहिचान खुल्न बाँकी रहेको र कुन देशको नागरिक भन्नेसमेत पत्ता नलागेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए। दशगजा पारी भारततर्फ घटना भएकाले भारतीय प्रहरीसँग समन्वयन गरेर अनुसन्धान गरिरहेको डिएसपी गौतमले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here