सिरियामा बम विस्फोट,१७१ जनाको मृत्यु , २५१ जना घाइते

0
12

काठमाडौं- सिरियामा सन् २०२२ को सेप्टेम्बरसम्म युद्ध क्षेत्रमा छोडिएका बारूदी सुरूङ्ग र अन्य हतियार विस्फोट हुँदा हालसम्म १ सय ७१ जना सर्वसाधारणको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सार्वजनिक गरेको तथ्यांक अनुसार विस्फोटमा ८६ बालबालिका सहित १ सय ७१ सर्वसाधारणको मृत्यु भएको हो । साेही विस्फोटमा बालबालिकासहित २ सय ५१ जना घाइते भएका छन् । बेलायतस्थित निगरानी समूह र सरकारी समाचार संस्था सानाका अनुसार सिरियाको मध्य प्रान्त होम्सको दक्षिणमा रहेको डाबा गाउँमा विस्फोटक पदार्थको आक्रमणबाट ३ जना बालबालिकाको मृत्यु भएको हो । सिरियाली सेनाले हरेक साता विभिन्न युद्ध क्षेत्रमा विस्फोटक पदार्थ विस्फोट गराउने गरेको छ । गत जुन महिनामा संयुक्त राष्ट्रसंघले अस्तव्यस्त विस्फोटक पदार्थको प्रदूषणले सुरक्षासम्बन्धी प्रमुख चिन्ताको विषय भएको उल्लेख गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here