सिन्धुपाल्चोकमा पहिरो, ८ जना वेपत्ता, एक जनाको उद्धार

0
24

काठमाडौं- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा पहिरोमा परि ८ जना बेपत्ता भएका छन्। एकजनालाई भने प्रहरीले उद्धार गरेको छ । कभर्ड हल निर्माणमा खटिएका कामदारहरु गएराति करिब दुई बजेतिर आएको पहिरोमा पुरिएका हुन् । प्रहरी तीन बजेतिर उद्धारमा खटिएको थियो ।
तीन घण्टाको प्रयासमा एक जना भारतीय नागरिकलाई जीवितै उद्धार गरेर प्रारम्भिक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककाले जानकारी दिएको छ।
यस्तै आठ जना मजदुर पहिरोमा पुरिएको र उनीहरुलाई अझै निकाल्न नसकिएको बताइएको छ । प्रहरीले पहिरोमा पुरिएकाहरुको खोजी प्रयास भइरहेको जनाएको छ । नेपाली सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।
गत असार २४ गते राति सिन्धुपाल्चोकका भोटेकोसी, बुलकुटे र ठाडो खोलामा आएको बाढी पहिरोमा वेपत्ता भएका २० जना अझैसम्म फेला परेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here