सिद्धबाबामा पहिरो जाँदा दुइवटा जीप पुरिए एक जनाको घटनास्थलमै मृत्यु, सडक अवरुद्ध

0
143

काठमाडौं- सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्ड अन्तरगत पाल्पाको सिद्धबाबामा पहिरोले दुई जीप पुरेको छ।
शुक्रबार विहान बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ ज २६१७ नम्बरको जीप र पाल्पाबाट वुटबल तर्फ आउँदै गरेको लु २ ख ५९३८ नम्बरको स्कारपियो पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताएका छन् ।
उनका अनुसार पहिरोमा पुरिएर एकजनाको घटनास्थलमै मृत्यु भएको छ र मृत्यु हुनेमा जीप चालक रुपन्देहीका २६ वर्षीय कमल परियार रहेका छन् भने चार जनाको उद्धार गरि उपचारका लागि वुटवल तर्फ पठाइएको छ।
अहिले बुटवल–पाल्पा सडक अवरुद्ध रहेको र सडक खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here