सिट्रोन सी३ कार नेपाल आउँदै, कति पर्छ मूल्य ?

0
29

काठमाडौँ- फ्रेन्च अटो निर्माता सिट्रोनले भारतमा उत्पादन गरेको सानो एसयूभी सी३ छिट्टै नेपाल आउने भएको छ । नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स स्रोतका अनुसार यो क्रसओभर अवको एक महिना भित्र नेपाल आइसक्नेछ । भारतमा ६ महिना अघि नै सार्वजनिक भएपनि आयत प्रतिवन्धका कारण सी३ नेपाल आउन पाएको थिएन। यो क्रसओभरको साइज निशान म्याग्नाइट र रेनो काइगरकै हाराहारी रहेको छ। यसैगरी फिचर र पावर तथा पर्फमेन्समा समेत केही समानता रहेको छ। मूल्यका हिसावले पनि सि३ को प्रतिस्पर्धी म्याग्नाइट र काइगर नै हुने देखिन्छ । यस हिसावले नेपाल आएपछि यो क्रसओभरको सिधा टक्कर म्याग्नाइट र काइगरसंगै हुने निश्चित प्राय छ।
सिट्रोन सी३ लाइभ र फिल गरी कुल २ भेरियन्टमा उपलब्ध रहँदै आएको छ। जसमध्ये लाइभ भेरियन्टमा १.२ लिटरको नेचुरल्लि एस्पिरिटेड इन्जिन जडान गरिएको छ भने यसले ८२ हर्ष पवार जेनेरेट गर्दछ। अर्को भेरियन्ट फिलमा १.२ लिटर टर्बो चाज्र्ड पेट्रोल इन्जिन दिइएको छ जसले ११० हर्सपावरको शक्ति जेनेरेट गर्ने दावी गरिएको छ। यो कारमा कम्पनीले पाँच स्पीडको म्यानुअल ट्रास्मिसन सिस्टम दिएको छ।
यो कारको ह्विलवेस २ हजार ५४० एमएम रहेको छ भने ग्राउन्ड क्लिरियन्स १८० एमएम छ । कारमा पछाडि बस्ने पेसेन्जरका लागि समेत यथेस्ट लेगरुम रहेको छ । यसको क्याबिनमा १० इन्चको इम्फोटेन्मेट सिस्टम रहेको छ । वायरलेस स्मार्ट फोन चार्जर समेत रहेको यो कारमा ३ वटा फास्ट चार्जिङ यूएसबी पोर्ट तथा एउटा १२ भोल्टको सकेट समेत दिइएको छ । कारमा थ्री स्पोक स्टेरिङ ह्वील, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर तथा म्यानुअल एयरकन्डीसन रहेको छ । भारतीय बजारमा ५ लाख ८८ हजारदेखी ८ लाख १५ हजार भारुसम्म मूल्य निर्धारण गरिएको यो कारले टाटा पन्च, रेनो काइगर र निशान म्याग्नाइट लागयत साना एसयूभीसंग प्रतिस्पर्धा गरिरहेको छ। नेपाल आउँदा यसको मूल्य ३० देखी ४० लाख हराहारीमा निर्धारण हुने अनुमान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here