सारिका के. सी र शिशिर पौडेलको अनौठो प्रेम कथा यस्तो छ हेर्नुहोस् (भिडियो)

0
136

काठमाडौं- गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन्। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ।यतिबेला लोकप्रिय गायिका शान्तिश्री परियार र विजय सुनामको स्वरमा रहेको वियोगान्त भावको गीत ‘भाग्यमा छैनौ’ सार्वजनिक भएको छ l सन्तोष पन्तको शब्द विजय सुनामको सङ्गीत, विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको गीतको निर्माण सङ्गीत व्यावसायी शिवराज पौडेलले गरेका हुन l कथात्मक शैलीमा निर्माण गरिएको यस म्युजिक भिडियोमा आफ्नै घरमा काम गर्न बसेको युवकसँग प्रेममा परेकी युवती अर्थात भिडियोकी नायिकाले ईच्छा नहुँदा नहुँदै पनि अर्कै युवकसँग बिबाह गर्नुपरेको बाध्यात्मक अवस्था देखाईएको छ यथार्थपरक भावको यो भिडियो गोधूली क्रिएशनको पोष्ट प्रोडक्शनमा तयार भएको गीतको म्युजिक भिडियो विनोद भण्डारीको निर्देशनमा रहेको गीतमा सारिका के. सी., शिशिर पौडेल र दीप काफ्लेले अभिनय गरेका छन् l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here