सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका सार्वजनिक, यी कार्य गर्न नहुने

0
3

काठमाडौं- सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत उक्त निर्देशिका हालसालै सार्वजनिक गरिएको हो । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालन र प्रयोगकर्ताको स्वनियमनलाई प्रवद्र्धन गर्न उक्त निर्देशिका जारी गरिएको हो । सरकारले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशिका जारी गरेको हो । निर्देशिकामा १५ वटा बुँदाहरु रहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले सामाजिक सञ्जाल प्रयोगकर्ताले बेनामी वा छद्मवेशी पहिचान (फेक आइडी, पेज, ग्रुप) सिर्जना गर्ने, बेनामी वा छद्मवेशी पहिचान (फेक आइडी, पेज, ग्रुप) मार्फत विषयवस्तु (कन्टेन्ट) उत्पादन गरी सेयर गर्ने वा अरूको विषयवस्तु (कन्टेन्ट) सेयर गर्ने वा टिप्पणी (कमेन्ट) गर्ने वा कल गर्ने, कुनै व्यक्ति, समुदाय, जातजाति, लिङ्ग, धर्म, उमेर, वर्ण, वर्ग, पेशा, सम्प्रदाय, वैवाहिक अवस्था, पारिवारिक अवस्था, शारीरिक तथा मानसिक अवस्था, उत्पत्ति, यौनिक अल्पसङ्ख्यक, भाषाभाषी तथा कानूनले संरक्षण गरेका अन्य समूह वा वर्गलाई लक्षित गरी घृणा फैलाउने, सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने प्रकृतिका अभिव्यक्ति दर्शाउने शब्द, श्रव्य, दृष्य, तस्विर सेयर गर्ने तथा ट्रोल बनाई प्रकाशन र प्रसारण गर्ने, बालश्रम, मानव बेचबिखन, बहुविवाह, बालविवाह, जातीय छुवाछुत लगायतका प्रचलित कानूनले वर्जित गरेको क्रियाकलाप गर्न प्रोत्साहित गर्ने,अरूलाई होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृष्य, तस्विर, ट्रोल बनाई घृणायुक्त अभिव्यक्ति, गाली बेइज्जती गर्ने वा हेट स्पीच मानिने कार्य गर्ने जस्ता कार्य गर्न गराउन नहुने निर्देशिकामा उल्लेख छ ।

https://drive.google.com/file/d/1CV7nHALl-Nog7wuVW9R7ILHJPE19fYFy/view?usp=sharing

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here