सामरी खाेलाले बगाउँदा मकवानपुरमा एक दम्पतीकाे मृत्यु

0
11

मकवानपुर – सामरी खाेलाले बगाउँदा मकवानपुरमा आइतबार एक दम्पतीकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका-६ का ६२ वर्षीय ज्ञानबहादुर परियार र उनकी ६१ वर्षीया श्रीमती तुलसा परियार रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुरगढी गाउँपालिकाकाे झल्ला भन्ने ठाउँमा सामरी खोला तर्ने क्रममा आइतबार बिहान उनीहरुलाई खोलाले बगाएको थियो । प्रहरीका अनुसार मकवानपुरगढी गाउँपालिकाकाे वडानम्बर ३ नम्बरतर्फ उनीहरु हिँडेका थिए ।
खोलाले बगाएका उनीहरुलाई करिब ६५ मिटर तल पुर्‍याएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टाेली घट्नास्थलतर्फ गइसकेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here