साफ यू-१९ मा आज नेपाल र मालदिभ्स भिड्दै

0
6

काठमाडौं – साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज घरेलु टोली नेपालले मालदिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।
समूह चरणको अन्तिम खेल आज दिउँसो साढे १ बजे त्रिपुरेश्वरस्थिथ दशरथ रंगशालामा सुरु हुनेछ । समूह चरणको पहिलो खेलमा बिहिबार पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको नेपाली टोलीलाई सेमिफाइनलमा पुग्न
आजको खेल जित्नै पर्ने दबाब छ ।

बराबरी या हारले पनि नेपाली टोली समुह चरणबाटै बाहिरिनेछ । उता मालदिभ्सलाई भने सेमिफाइनलमा पुग्न बराबरी नै पर्याप्त हुनेछ । शनिबार भएको खेलमा मालदिभ्स र पाकिस्तानले बराबरी खेलेपछि नेपाललाई जित्नै पर्ने समिकरण बनेको हो ।

नेपाल रहेको समूह ए बाट २ खेलमा जित र एकमा बराबरी गर्दै ५ अंक जोडेको पाकिस्तान शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगिसकेको छ । समूह बी मा बंगलादेश, भुटान र भारत छन्। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here