सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँट

0
5
Text IPO made of wood cubes on white textured putty background. Abbreviation of 'Initial public offering'. Square wood blocks. Top view, flat lay.

काठमाडौं- सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले आईपीओ निष्कासनको लागि नियुक्त गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल बुधबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले २६ फागुनदेखि ३० फागुनसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर साधारण निष्कासन गरेको थियो । उक्त सेयरमा कुल १३ लाख ५६ हजार ३४१ आवेदकले १ करोड ५० लाख ८८ हजार ८८० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ७ हजार ९९९ जनाको आवेदन रद्ध भएर १३ लाख ४८ हजार ३४२ आवेदन स्वीकृत भएको भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार आईपीओ बाँडफाँट गरिएको छ । यसरी बाँडफाँट गर्दा ४ लाख २४ हजार ८९३ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । सोही ४ लाख २८ हजार ८९३ जनामध्ये ८ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमति लागत १३ अर्ब ३३ करोड र प्रतिमेगावाट अनुमानित लागत १८ करोड २६ लाख २ हजार ७४० रुपैयाँ रहेको छ । कम्पनीले आगामी २०८० भदौ २६ गतेसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here