सहमति नजुटेपछि अध्यक्ष बिनाको केन्द्रिय कार्यसमिति घोषणा गर्दै वाइसिएल नेपाल

0
9

काठमाडौं – नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले अध्यक्ष बिना नै नयाँ केन्द्रीय समिति घोषणा गर्न लागेको छ । राष्ट्रिय भेला अन्तर्गत अहिले जारी बन्दसत्रबाट केन्द्रीय समिति घोषणा हुने र सोही समितिले पछि पदाधिकारी चयन गर्ने वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा)ले बताएका छन् । वाइसिएलको नयाँ अध्यक्षमा सुमन देवकोटा र सुवोध सेर्पालीले दाबी गर्दै आएका छन् । सहमति जुटाउने प्रयासमा पार्टीका नेताहरु र वाइसिएल पदाधिकारी सक्रिय छन् ।‘छलफलमा अहिले केन्द्रीय सदस्यहरुमात्र घोषणा गरेर भेला टुंग्याउने कुरा भयो,’ वाइसिएलका एक नेताले भने, ‘पछि पार्टी अध्यक्ष प्रचण्ड पनि सहभागी हुने त्यो केन्द्रीय समितिको बैठकले नयाँ नेतृत्व चयन गर्ने छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here