सलमान खान अभिनित ‘बॉडीगार्ड’ का निर्देशकको निधन

0
4

काठमाडौं- सलमान खान अभिनित हिन्दी फिल्म ‘बॉडीगार्ड’का निर्देशक सिद्दीकी इस्माइलको निधन भएको छ । ६३ वर्षीय सिद्दिकीको हृदयघातका कारण मंगलबार निधन भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।
रिपोर्टका अनुसार सिद्दिकीलाई सोमबार हृदयघात भएको भएर कोचीको अस्पतालमा भर्ना गरिएको थियो। तर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो।

सिद्दिकीको पार्थिव शरीर आज बिहान ९ बजेदेखि ११ः३० बजेसम्म कादवनथरास्थित राजीव गान्धी इन्डोर स्टेडियममा राखिनेछ। त्यसपछि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि घरमै राखिनेछ, त्यसपछि आज साँझ ६ बजे दाहसंस्कार गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here