सर्वोच्च परिसरमा बारको नाराबाजी, हात हालाहालको स्थिति , झडपमा ५ वकिल घाइते

0
7

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनका वकिलहरुले धर्ना दिँदै नाराबाजी गरेका छन् । सो क्रममा प्रहरीसँग भएको झडपमा ५ वकिल घाइते भएका छन् । सो क्रममा उनीहरुले प्रधानन्यायाधीशलाई बिचौलियाको नाइके भएको आरोप लगाउँदै उनीविरुद्ध चर्को नाराबाजी गरेका थिए । घाइते हुनेमा बारका महासचिव लीलामणि पौडेलसहित वकिलहरु रमा कर्ण, मुकुन्द भट्टराई, कुमार शर्मा, प्रकाश महर्जन, रक्षा बस्याल रहेका छन् । उनीहरुलाई सामान्य चोटपटक लागेका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here