सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुसँग ओलीको छलफल

0
4

काठमाडौं – सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि छलफलमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पृष्ठभूमिका एमाले नेताहरुसँग छलफल गरेका छन् । आइतबार उनले लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह लगायतका नेतासँग छलफल गरेका हुन् ।
आफू बसेकै रिसोर्टमा उनीलाई बोलाएर ओलीले नयाँ नेतृत्व चयन प्रक्रिया र उनीहरुका आकांक्षाबारे चासो राखेको स्रोत बताउँछ । ओलीले सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयासस्वरुप बिहानैदेखि पार्टीका विभिन्न नेताहरुसँग छुट्टाछुट्टै छलफल गर्दै आएका छन् । भेटमा पूर्व माओवादी नेताहरुले आफूहरु पनि सहमतिबाटै नेतृत्व चयन होस् भन्ने पक्षमा रहेको ओलीलाई बताएका छन् । तर सहमतिमै नेतृत्व चयन गर्दा आफूहरुको उपस्थिति पनि सम्मानजनक होस् भन्ने आकांक्षा आफूहरुले राखेको उनीहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here