सर्बप्रिय गायक पोखरेलले सार्वजनिक गरे ”श्वेत हंसिनी” सरस्वती बन्दना

0
474

नेपाली संगीत क्षेत्रमा आफ्नो एक छुट्टै पहिचान बनाएका लोकप्रिय गायक सुगम पोख्रेल यतिबेला आफ्नो सातौ एल्बम श्वेत हंसिनी लिएर बजारमा आएका छन् । के आधुनिक, के पप, के चलचित्र,के लोकपप, संगीतका हरेक विधामा आफुलाई अब्बल ठहराइसकेका गायक पोख्रेलले सरस्वति पुजाको अवसर पारेर विद्याकी देवी उनै सरस्वती माताको महिमा गाउदै श्वेत हंसिनी एल्बमको शिर्ष गीत (भजन) – सरस्वती वन्दना सार्वजनिक गरेका हुन् ।
गायक पोख्रेलको आफ्नै शब्द संगीत तथा स्वर रहेको श्वेत हंसिनी एल्बममा समाबेस उक्त भजनमा (संस्कृत शब्दहरुचाहि सरस्वति बन्दनाबाट साभार गरिएको हो ।)
यस भजनलाई शैलेन्द्र मान प्रधान (बाबु) ले संगीत संयोजन गरेका हुन् , भिडियोलाई दिनेश थापा (काजी) र सिमोन राई ले खिचेका हुन् भने निदेशन गायक पोख्रेल र सिमोन राईले गरेका हुन् । म्याक्स घिमिरेको भिएफ़ेक्स रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । र भिडियोमा उनी सर्वप्रिय गायक सुगम पोख्रेल देखिएका छन् ।

श्वेत हंसिनी लिएर बजारमा आएका गायक पोखरेललाई हाम्रो तर्फबाट पनि धेरै धेरै सफलताको शुभकामना ,,,
,,,,,,,,,,,,,,जय सरस्वति माता, जय गीत जय संगीत,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

कृपया भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here