सरकार गठनका लागि दाबी पेश गर्ने आज अन्तिम दिन, अन्तिम कसरतमा दलहरु

0
4

काठमाडौं- नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको साता दिने समयसीमा आज सकिँदैछ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस तीन गते आह्वान गरेकी थिइन् । समय सकिन लागेपनि नयाँ सरकारका विषयमा दलहरुविच सहमति जुटन सकेको छैन । सरकार गठनका लागि सहमति जुटाउने प्रयासमा रहेको सत्ता गठबन्धनको बैठक भने आज पनि बस्दैछ । आलोपालो प्रधानमन्त्रीमा सहमति जुटाउने गरि सत्ता साझेदार दल छलफलमा जुटन लागेका हुन् । नेपाली कांग्रेस र नेकपा माओवादीले पहिले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गरिरहेका छन् । प्रतिनिधिसभामा दुई सय ७५ सदस्य रहेकाले नयाँ सरकार गठनका लागि संसदमा एक सय ३८ सांसद आवश्यक पर्छ । निर्वाचनको परिणामअनुसार पहिलो दल नेपाली कांग्रेसले प्रत्यक्षमा ५७ सहित ८९ सिट जितेको छ । एमालेको ४४ प्रत्यक्षसहित ७८ र माओवादी केन्द्रको प्रत्यक्षमा १८ सहित ३२ सिट छ । राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४, जनता समाजवादी पार्टीले १२ सिट जितेको छ। एकीकृत समाजवादीले १०, जनमत पार्टीले ६ र लोकतान्त्रिक समाजवादीले ४ सिट जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले तीन, राष्ट्रिय जनमोर्चाले एक, नेपाल मजदुर किसान पार्टीले एक र पाँच जना स्वतन्त्र प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here