सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री शेरबहादुर देउवा

0
21

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका छन् । प्रधानमन्त्री देउवा बिहान १० बजेर ३ मिनेटमा सरकारी निवास बालुवाटार प्रवेश गरेका हुन् । सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्दै शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि उनी मंगलबार प्रधानमन्त्री नियुक्त भएका थिए । एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बालुवाटार छोडेर आफ्नो निजी निवास बालकोट सरेका थिए । सरकारी निवासको व्यवस्थापनको देउवाका परिवारले बिहीबार निरीक्षण गरेका थिए । प्रधानमन्त्रले बस्ने, खाने, आराम गर्ने सबै स्थानबारे परिवारको सदस्यले हेरिसकेको बालुवाटार स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here