सरकारले राष्ट्रपति समक्ष गर्यो २ सय ८९ जना कैदीको सजाय मिनाहा गर्न सिफारिस

0
12

काठमाडौँ – संबिधान दिवसको अवसर पारेर सरकारले २ सय ८९ जना कैदीको सजाय मिनाहा गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सरकारले देशभरका कारागारमा रहेकामध्ये ५० प्रतिशत सजाय भुक्तान गरिसकेका, असल चालचलन भएका र नेगेटिभ अपराधको सूचीमा नपरेका २ सय ८९ जना कैदीको बाँकी सजाय मिनाहा गर्न सिफारिस गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
शनिबार संविधान दिवस मनाइँदै छ । हरेक वर्ष संविधान दिवस, प्रजातन्त्र दिवस, गणतन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट कैदीलाई सजाय मिनाहा गर्न सकिने प्रावधान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here