सरकारले जग्गा उपलब्ध गराए रंगशाला बनाउन पहल गर्छु: बालेन शाह

0
5

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सरकारले काठमाण्डौ महानगर वा आसपासमा १०० रोपनी जग्गा उपलब्ध गराए महानगरले क्रिकेट रंगशाला निर्माणका लागि पहल गर्ने बताएका छन्। १६औँ संस्करणको एसिया कप क्रिकेटमा नेपालको प्रदर्शन हेरेपछि सामाजिक सञ्जालमा लेख्दै उनले पूर्वाधार निर्माण भए मात्र खेलको विकास हुनसक्ने भएकाले एकै खेलबाट करोडौं रकम आर्जन गर्न सकिने पनि बताएका छन् । उनले आगामी तीन वर्षभित्र सिकाइ सुविधाका लागि हरेक वडामा बलिङ नेट राख्ने निर्णय यसअघि नै गरिसेको पनि स्मरण गराएका छन् ।

‘नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ ।

यस्तो मात्रै रंगशाला र केही ठूला खेलहरू हुने हो भने खेल विकास हुन सक्छ,’ बालेनले लेखेका छन्, ‘र, एकै खेलबाटै करोडौं रकम आर्जन हुन सक्छ । त्योबाहेक खेलाडी र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एक हुनेगरी बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरिसकेका छौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here