सरकारले गर्यो मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारी

0
5

काठमाडौं- सरकारले नेपाल मिडिया काउन्सिल विधेयक २०७६ पारित गर्ने तयारी गरेको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाको सन्देशसहितको विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। त्यसअघि मन्त्री कार्कीले राष्ट्रिय सभाको सन्देशसहितको नेपाल मिडिया काउन्सिल विधेयक छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । आजको बैठकमा सांसद् भीमबहादुर रावलले ‘माथिल्लो कर्णाली जलविद्यतु आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको धनी राष्ट्र नेपालमा रहेको जलस्रोत क्षमताको राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवद्र्धन गर्न आवश्यक भएकोले’ भन्ने जरुरी सार्वजनिक महत्वको विषयमाथि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूची छ । उक्त ध्यानाकर्षणको सम्बन्धमा सांसद् यज्ञबहादुर बोगटी र राजबहादुर बुढाक्षेत्रीले स्पष्टीकरण माग गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here