सरकारको मुख्यसचिवमा डा. बैकुण्ठ अर्याल

0
8

काठमाडौं – सरकारले मुख्यसचिवमा डा.बैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डा अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो । हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । बहाल रहेका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याललाई सरकारले मुख्यसचिवमा नियुक्त गरेको हो । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै छ । त्यस अगाडि नै उनलाई मुख्य सचिव नियुक्त गरिएको हो । हालका मुख्य सचिव रहेका वैरागीको कार्यकाल भने आगामी असोज मसान्तसम्म छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here