सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट

0
6
Text IPO made of wood cubes on white textured putty background. Abbreviation of 'Initial public offering'. Square wood blocks. Top view, flat lay.

काठमाडौं- सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले मंगलबार गोला प्रथामार्फत गरेको आईपीओ बाँडफाँटमा ६७ हजार ५८ जनाले सेयर हात पारेका छन् । जसमध्ये ६ जनाले ११÷११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ । बाँकी १३ लाख ४६ हजार ५१४ जना आवेदकहरुको भने हात खाली भएको छ । कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासहित ७ लाख २१ हजार ६० कित्ता सेयर आईपीओमा निष्कासन गरेको गरेको थियो । यसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता सेयर सर्वसाधारणमा आह्वान गरेको थियो । कम्पनीको आईपीओका लागि कुल १४ लाख १३ हजार ५७२ जनाले आवेदन दिएका थिए । जसमध्ये १ हजार १०४ जनाको आवेदन रद्द भएको कम्पनीले जनाएको छ । कुल आवेदनमध्ये झण्डै ५ प्रतिशतले मात्र कम्पनीको सेयर हात पारेका छन् । बाँकी ९५ प्रतिशतको हात खाली भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here