सम्पादन बाट निर्देशनमा छलाङ्ग मार्दै बम

0
789

काठमाडौं- छोटो समयमै नेपालि संगीत क्षेत्रमा म्युजिक भिडियो सम्पादकको रुपमा आफ्नो राम्रो छाप छोड्न सफल सम्पादक बिनोद बमले पछिल्लो समयमा निर्देशन को क्षेत्रमा पनि आफ्नो नाम चम्काउने दौडमा रहेको देख्न सकिन्छ।
औपचारिक रुपमा अनिल खनालको लय शब्द तथा कुलेन्द्र बिश्वकर्मा र देबी घर्तीको आवाजमा रहेको ” एउटा पत्र लेखेको छु” बोलको गीत बाट म्युजिक भिडियो सम्पादनमा प्रबेश गरेका उनि त्यस गीतको प्रकाशन संगै ब्यबसायिक रुपले सम्पादकको रुपमा चिनिन थाले र उनलाई भ्याई नभ्याई हुन थाल्यो ।
पछिल्लो समयमा उनले एउटा सालैजो गीत निर्देशन गरे त्यसपछि बिन्दबाशिनी म्युजिक प्रालिको प्रस्तुतिमा रहेको बरिष्ट गीतकार रमेश बिजी को रचना अनि नरेश खाती को लय र मेक्सम खातीको आवाज मा रहेको लोक गीत ”अँधेरी खोलिको तीरैमा तिम्रो पीरैमा” बोलको गीत निर्देशन गरे र त्यसबाट आफुलाई निर्देशनको क्षेत्रमा अब्बल साबित गरे । गीतको भिडियो राम्रो बन्यो र राम्रो चल्यो पनि।
हालचालै बिन्दबाशिनी म्युजिक प्रालिले ”मेरो जीवन संग” बोलको लोकदोहोरी गीत प्रकाशन गरेको छ सोहि गीतको म्युजिक भिडियोमा निर्देशन रहेको छ उनै कुशल सम्पादक बिनोद बमको, भने छायांकन बिरेन्द्र भाट विपिनको र सम्पादन पनि बमकै । उक्त गीतमा शब्द रचना अनि भाका सुन्दरी थामी को रहेको छ । आवाज चाहिँ लोकप्रिय गायक मौशम गुरुङ र सुन्दरी थामी को रहेको छ । सम्पादक बम हाल बिन्दबाशिनी म्युजिक प्रालिमा कार्यरत रहेका छन् अब छिट्टै उनको निर्देशनमा रहेको ”मैले तिम्लाई चाहेर नै” बोलको आधुनिक गीत बजारमा आउन लागेको उनले बताए जसमा बिन्दबासिनी म्युजिक प्रालिका संचालक चर्चित निर्देशक मोडल तथा टेलिभिजन कार्यक्रम प्रस्तोता, रोयल्टी संकलन समाजका उपाद्यक्ष ,एबम गीतकार सुबाश रेग्मीको शब्द रचना , श्रीकृष्ण बम मल्लको संगीत तथा बरिष्ट गायक रामचन्द्र काफ्लेको आवाज रहेको उनले जानकारी दिए । उनले केहि म्युजिक भिडियो हरुमा अभिनय र तीन वटा चलचित्र सम्पादन समेत गरिसकेका छन् ।
”मेरो जीवन संग” बोलको गीतको म्युजिक भिडियोमा राज संगै चर्चित मोडेल मंजिता केसी ले अभिनय गरेकी छिन ,
सबै तबर बाट राम्रो मानिएको यस गीतलाई हाम्रो तर्फदेखी पनि धेरै धेरै शुभकामना…………………
गीतको भिडियो हेर्नको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here