समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको निष्कर्षसहित विराटनगरमा फेरि लकडाउन

0
13

विराटनगर – समुदायस्तरमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको निष्कर्षसहित् बिराटनगर महानगरपालिकामा फेरी लकडाउन गरिएको छ । दुइ साताको लागि भनिएको उक्त लकडाउन सुक्रबार राति १२ बजेदेखि हुनेछ। नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबारको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको मेयर भीम पराजुलीले बताएका छन्।
‘महानगरभित्र एक सय जना भन्दा बढी संक्रमित फेला परिसकेको र समुदायमा संक्रमणको दर बढ्दो भएकोले अत्यावश्यक बाहेक अन्य कामका लागि बाहिर निस्कन बन्देज लगाउने निर्णय गरेको मेयर पराजुलीले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here