सबै प्रदेशमा संगठन विस्तार गर्ने समाजवादी मोर्चाको निर्णय, घोषणासभा मिति तय

0
6

काठमाडौं- चार दल आवद्ध समाजवादी मोर्चाले सातै प्रदेशमा घोषणासभा गर्ने भएको छ । आज बिहान बसेको मोर्चाको बैठकले आगामी भदौ ८ देखि प्रदेशस्तरीय घोषणासभा गर्ने निर्णय गरेको हो । भदौ ८ गते वीरगन्जमा, १२ गते बुटवलमा र १३ गते धनगढीमा सभा आयोजना गर्ने निर्णय भएको नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले जानकारी दिए । यस्तै, १४ गते सुर्खेतमा, १५ गते पोखरामा, २३ गते हेटौंडामा र २५ गते विराटनगरमा सभा आयोजना गरिने छ । यसैगरी, मोर्चाले सातै प्रदेशमा संगठन विस्तार गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मोर्चाको बैठकले प्रदेशस्तरमा पनि मोर्चा गठन गर्ने निर्णय गरेको हो । समाजवादी मोर्चामा सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here