सन् २०२२ मा मात्रै खुल्नेभए फेसबुकका कार्यालयहरु

0
36

एजेन्सी – कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिँदो जोखिमका कारण फेसबुकको कार्यालय सन् २०२२ बाट मात्रै भौतिक रुपमै पुनः खोल्ने निर्णय गरेको छ । सन् २०२२ सम्म फेसबुकले आफ्ना कर्मचारीहरुलाई कार्यालयमा भौतिक रुपमा उपस्थित गराउने जनाएको छ । फेसबुकले अमेरिकाभरका आफ्ना कार्यालय भौतिक रुपमा खोल्ने योजना अर्को वर्षसम्मका लागि धकेलिएको हो । डेल्टा भेरियन्टमा आधारित कोभिड संक्रमणको तथ्यांक पछिल्लो समयमा वृद्धि हुँदै गएको कारण अमेरिकामा जनवरी २०२२ सम्म कुनै पनि कर्माचारी कार्यालयमा जानुनपर्ने फेसबुक प्रवक्ता कोल मेरले बताइन् । फेसबुकको यो योजना अर्को वर्षसम्म अमेरिका बाहिरका अन्य केही देशमा पनि लागू हुने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here