सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा

0
3

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाईका लागि आज पेशी तोकिएको छ ।

आज (आईतबार) सुनुवाईका लागि उक्त मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ ।

उक्त मुद्दाको सुनुवाई लामो समयदेखि पटक–पटक स्थगित हुने गरेको छ । पछिल्लो पटक अदालतले पीडित गौशला–२६ को आमाको जन्ममिति स्पष्ट हुने कागज पेश गर्न भनेपछि उक्त कागज पेश भइसकेकाले आज पेशी तोकिएको हो ।

गौशला–२६ (परिवर्तित नाम) ले सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

मुद्दामा सफाइ पाएको अवस्था वा मुद्दाको टुङ्गो नलागेमा सन्दीप आज राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here