सन्दीप र आसिफको पुनरागमन ,यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

0
37

 

काठमाडौं – यू-१९ एसिया कप क्रिकेटका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा भएको छ ।
आसिफ शेख,सन्दीप जोरा र सूर्य तामाङ टिममा पुनरागमन गर्न सफल भएका छन् । एसिया कपको छनोटमा तीनै जना बैकल्पिक खेलाडीको लिस्टमा परेका थिए ।
यस्तै टोलीमा पवन शरार्फ, भीम सार्की ऋत गौतम, र हरिबहादुर चुहान रहेका छन् । कुशल मल्ल, रासिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहोरा, लोकेशबहादुर बम र प्रतिश जिसी पनि टोलीमा परेका छन् ।
यसअघि टोलीमा परेका विशालविक्रम केसी र तिलकराज भण्डारी भने टोलीाबाट बाहिरिएका छन् ।
नेपाली किशोर टोली शनिबार श्रीलंका तर्फ प्रस्थान गर्नेछ । स्थानीय टिमसँग केही अभ्यास खेल खेल्नेछ ।

एसिया कप भने भदौ १९ बाट सुरु हुनेछ । समूह एमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् भने आयोजक श्रीलीकासँगै नेपाल, बंगलादेश र यूएई समूह बीमा छ ।

प्रतियोगिताको आफ्नो पहिलो खेल नेपालले भदौ २० मा घरेलु टोलीसँग खेल्नेछ । त्यसपछि नेपालले भदौ २२ मा बंगलादेश र २४ भदौमा यूएईसँग खेल्नेछ ।
सम्पुर्ण खेलाडीलाई हाम्रो तर्फदेखी सफलताको लागि धेरै धेरै शुभकामना ।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here