सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ आज

0
5

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनवाइ हुँदैछ । भदौ १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि अदालतले भदौ २१ गते (आज)का लागि पेसी तोकेको हो ।

सर्वोच्चले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिइसकेको छ । तर, जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा किनारा लाग्न सकेको छैन ।

यसअघि, निरन्तर सुनुवाइ गरी फैसला दिने भनिए पनि सन्दीपले पेस गरेको पीडितको जन्म दर्तासम्बन्धी कागजातमा विवाद देखिएपछि पुनः सुनुवाइ हुन लागेको हो । अन्तिम बहस सकिएमा आजै आदेश आउने सम्भावना छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here