सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना पुष्टि एकजनाको रिपोर्ट आउन बाँकि

0
30

काठमाडौं – -यापिड डायग्नोष्टिक टेष्टमा कोरोनाभाइरसको संक्रमण देखिएका सनसिटी अपार्टमेन्टका दुई जनामा पीसीआर परीक्षणबाट पनि कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।
२८ दिनअघि उनिहरु बेलायतबाट फर्किएको बताइएको छ् । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि उनिहरुलाइ पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।
उनीहरु मध्ये दुई जना (छोरा र बुहारी) को रिपोर्ट आइसकेको छ र, कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एक (आमा) को रिपोर्ट भने आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
आमा, छोरा र बुहारी चैत ५ गते बेलायतबाट आएको प्रहरीले जनाएको छ । कोगेश्वरी मनोहरा नगरका अनुसार सोमबार मुलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ को परीक्षण गर्दा तीन जनाको ‘रिपोर्ट पोजेटिभ’ आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here