सदाबहार गायक सुमन कुमार श्रेष्ठले घर फर्किने प्रतिज्ञा गरेसंगे सबैजना हर्षित हेर्नुहोश भिडियोमा

0
265

काठमाडौं- हिन्दु नेपालीहरुको महान चाड दशैं तिहार नाजिकिएसंगे गायक सुमन कुमार श्रेष्ठले ‘यस्पाली त गाउँमै मान्छु दशैं तिहार’ बोलको गीत बजारमा ल्याएका छन् , बिन्दबाशिनी म्युजिक प्रालिको प्रस्तुतिमा बरिष्ठ संगीतकार सचिन सिंह को संगीत रहेको यस गीतमा शब्द भने चर्चित गीतकार एकनारायण भण्डारीको रहेको छ । यथार्थ परक सब्दहरुले श्रीङ्गारियेको गीतमा बर्षौँ देखि प्रदेशमा रहेको प्रदेशी आफ्नो घर अनि परिबार लाइ सम्झिएर चाडबाड मान्न घर फर्कदै गर्दा खुसि ब्यक्त गरेको भाब सुन्न सकिन्छ ,,, गीतमा निकेश खड्काको निर्देशन मा गायक सुमन कुमार श्रेष्ठ / राम बहादुर राउत र शारदा राउत को जिवन्त अभिनय देख्न सकिन्छ ,, बरिष्ठ सम्पादक प्रकाश तुलाधरले सम्पादन गरेको यस गीतलाई छायाँकार बुद्ध थापाले खिचेका हुन् ।
सुमन कुमार श्रेष्ठ नेपालि सांगीतिक क्षेत्रमा सदाबाहार गायकको रुपमा स्थापित नाम हो। उनले यस अघि धेरै गीतहरु बजारमा ल्याइसकेका छन् । २०५३ साल देखि नेपालि संगीत क्षेत्रमा अनवरत यात्रा गरिरहेका श्रेष्ठले पछिल्लो समयमा बिहानी ४ नामक एल्बम पनि बजारमा ल्याएका छन् ।
‘यस्पाली त गाउँमै मान्छु दशैं तिहार’ बोलको गीत सदाबहार र सबै तवरबाट राम्रो भएको गीत संगीत संग सम्बन्धित व्यक्तित्वहरुले बताइरहेको बेला गीतले राम्रो बजार पाउने र करोडौ नेपालीको मन जित्नेमा कुनै दुबिधा देखिँदैन ।
हाम्रो तर्फदेखी यस गीत र गीत संग सम्बन्धित कलाकार तथा प्रबाबिधिकहरुलाई धेरै धेरै शुभकामना ।।।
जय गीत जय संगीत

सुमन कुमार श्रेष्ठ द्वारा स्वरबद्ध यो गीत हेर्नको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,,,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here