सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै कायम राख्छौँ – माधव कुमार नेपाल

0
14

धनगढी – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै कायम राख्ने बताएका छन् । बिहीबार धनगढी विमानस्थलमा समाजवादी प्रेस संगठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले भने, ‘चुनावी तयारीमा जुट्नुपर्ने बेला भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय गठबन्धन चुनावसम्मै कायम राख्ने धारणा बनाएका छौं ।’ बाग्मती प्रदेशमा बिहीबार गठबन्धनका तर्फबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्न लागेको र प्रदेश नम्बर १ मा पनि कात्तिक १५ गतेभित्रै आफूहरूको सरकार बन्ने अध्यक्ष नेपालले बताएका छन् । जनताको चाहाना पूरा गर्नका निमित्त आफूहरू सरकारमा सहभागी भएको समेत नेता नेपालले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here