संसारभर कोरोना संक्रमित ६९.१४% निको भए, नेपालमा भने ९०.९०%

0
18

काठमाडौं – पछिल्लो २४ घण्टामा विश्वमा रहेका कोरोना संक्रमितमध्ये तीन लाख ७७ हजार ३७९ जना संक्रमणमुक्त भएका छन्। योसँगै विश्वमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या चार करोड ११ लाख ३९ हजार ५२१ पुगेको छ। वर्ल्डोमिटर्सको तथ्यांकअनुसार हाल विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ९४ लाख ९६ हजार २९० रहेको छ।
यीमध्ये ६९.१४ प्रतिशत संक्रमित निको भइसकेका छन्। अहिले विश्वमा सक्रिय कोरोना संक्रमितको संख्या एक करोड ६९ लाख ५५ हजार २५० रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा कूल कोरोना संक्रमितको संख्या दुई लाख २२ हजार २८८ पुगेको छ। यीमध्ये दुई लाख दुई हजार ६७ जना निको भइसकेका छन्।
नेपालमा रहेका कूल संक्रमितमध्ये ९०.९० प्रतिशत निको भइसकेका छन्। हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २० हजार २२१ रहेको छ।
अमेरिकामा हालसम्म ७५ लाख ४२ हजार १७७ जना निको भइसकेका छन्। भारतमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८६ लाख तीन हजार ४६३ जना छन्।
ब्राजिलमा ५४ लाख ४५ हजार ९५ जना कोरोना संक्रमणबाट मुक्त भइसकेका छन्। रूसमा रहेका संक्रमित मध्ये १६ लाख ११ हजार ४४५ जना निको भइसकेका छन्। इटालीमा निको हुनेको संख्या पाँच लाख ८४ हजार ४९३ पुगेको छ।
यस्तै, अर्जेन्टिनामा १२ लाख तीन हजार ८००, कोलम्बियामा ११ लाख ५८ हजार ८९७, मेक्सिकोमा सात लाख ७९ हजार १०४, पेरूमा आठ लाख ८० हजार ६४५, जर्मनीमा ६ लाख १८ हजार ८००, पोल्याण्डमा चार लाख ३८ हजार ८६८, इरानमा ६ लाख १० हजार ४०६ र दक्षिण अफ्रिकामा सात लाख ११ हजार १९५ जना संक्रमित निको भइसकेका छन्।

स्रोत : न्युज सेवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here