संसद अवरोध हटाउने विषयमा दलहरुबीच दुईबुँदे सहमति

0
9

काठमाडौं- संसद अवरोध हटाउने विषयमा राजनीतिक दलहरुबीच दुईबुँदे सहमति भएको छ । बुधबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुको प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले दुइबुँदे सहमति गरेको हो । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राप्रपाका नेताहरु उपस्थित रहेका थिए । गत साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गरेको ६१ किलो सुन समातेको थियो ।

त्यसको छानविन गर्न उच्च स्तरीय आयोग गठनको माग गर्दै साउन १० यता प्रमुख प्रतिपक्षी दल एमालेले संसद् बैठक अवरुद्ध गर्दै आएको थियो । सहमति पत्रमा आगामी असोज ५ गते आयोग गठन गर्ने तथा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले अनुसन्धान र छानबिन गरिरहेकाले उसले नै संलग्न व्यक्तिहरूलाई अभियोजन गर्ने उल्लेख छ । योसँगै अब प्रतिनिधि सभा र राष्ट्रिय सभाको अवरोध हट्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here