संविधान दिवसका दिन विरोध पनि नगर्ने खुसीयाली पनि नमनाउने : समाजवादी पार्टी

0
31

काठमाडौं- समाजवादी पार्टीले असोज ३ गते संविधान दिवसको अवसरमा विरोध पनि नगर्ने र खुसीयाली पनि नमाउने निर्णय गरेको छ । सोहि पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख प्रशान्त सिंहले आज एक विज्ञप्ति जारी गर्दै विद्यमान संविधान त्रुटिपूर्ण र अपूर्ण रहेको भन्दै पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरिएको बताएका छन् ।
यसैगरी समाजवादी पार्टीले उक्त दिन मुलुकका सातै प्रदेशमा संविधान संशोधनको अपरिहार्यता र आवश्कयता विषयक अन्तरक्रियात्मक कार्यक्रमको घोषणा समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here