श्रीलंकामा भएको कराँते प्रतियोगितामा नेपाल टिम च्याम्पियन

0
2

काठमाडौं- श्रीलंकाको कोलोम्बोमा भएको १०औं अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा पाँच राष्ट्रलाई पछि पार्दै नेपाल टिम च्याम्पियन बनेको छ । नेपाल तीन स्वर्ण, २ रजत र ३ कांस्य पदकसाथ टिम च्याम्पियन भएको नेपाल वादोरियो कराँते संघका अध्यक्ष हरिशरण केसीले जानकारी दिए । बन्दरागमा इन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, पाकिस्तान र माल्दिभ्सका खेलाडीहरुको सहभागिता रहेको थियो ।

नेपालको प्रतिनिधित्व गर्दै देवकुमार शाहले कुमितेमा एक स्वर्ण र कातामा १ रजत गरी दुई पदक जित्न सफल भए । बेद जैसवाल र अन्स चौधरीेले कुमितेमा स्वर्ण पदक प्राप्त गरे । आइलेसजङ्ग थापाले रजत जिते । नितिशा श्रेष्ठ, हिमानी थापा मगर र वीरबहादुर कुमालले कांस्य पदक हात पारेको टिम व्यवस्थापक राजेन्द्र कुँवरले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here