श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

0
5

काठमाडौं – श्रीमानको कुटपिटबाट पाँचखपन नगरपालिकामा श्रीमतीको मृत्यु भएको छ । श्रीमानको कुटपिटबाट मङ्गलबार पाँचखपन नगरपालिका–३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू)को मृत्यु भएको हो । बिष्णुमायाको हत्यामा संलग्न भएको आरोपमा दिपन राईलाई पक्राउ गरिएको प्रहरीले जानेको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। यस्तै मङ्गलबार खाँदबारी नगरपालिका–११ मा जीवन दर्जीको कुटपिटबाट ३० वर्षीय चन्द्रबहादुर दर्जीको मृत्यु भएको छ । दुवै जनाबीच विवाद हुँदा कुटपिटबाट चन्द्रबहादुर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा जीवनलाई प्रहरीले पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here