श्रीमती अर्को पार्टी प्रवेस गरेपछि सांसद श्रीमान द्वारा सम्बन्धविच्छेद

0
42

काठमाडौं- श्रीमतीले आफ्नो पार्टी परित्याग गरेर अर्को पार्टी प्रवेस गरेपछि भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टीका सांसद सौमित्र खानले सम्बन्धविच्छेदको नोटिस पठाएका छन् । पत्नी सुजाताले आज भाजपा छाडेर तृणमूल कांग्रेसमा प्रवेस गरेपछि सांसद खानले श्रीमतीसँग सम्बन्धविच्छेदको तयारी गरेका हुन् ।
सुजाताले भने भाजपामा केवल अवसरवादीलाई मात्रै स्थान दिइएकोले पार्टी परित्याग गरेको बताएकी छिन् । उनले आफ्नो लागि भाजपामा कुनै सम्मान नभएको समेत बताएकी छिन। श्रीमतीले पार्टी परित्याग गरेपछि रिसाएका पतिले सम्बन्धविच्छेदको तयारी गरेका छन् । सुजाताको घरमा सुरक्षामा खटाइएका जवान पनि हटाइएका छन् । सौमित्र खानले परिवारमा मतभेद भएको स्वीकार गर्दै पारिवारिक मतभेदलाई राजनीतिक रुप दिन जरुरी नभएको बताएको बिभिन्न संचारमाध्यमहरुमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here