श्रमस्वीकृति लिने चिनियाँ अगाडि

0
1

काठमाडौं- रोजगारीका लागि दैनिक दुई हजारभन्दा धेरै जनशक्ति विदेश पठाउने मुलुक आफैँले भने दक्ष जनशक्तिको अभाव झेल्नु परिरहेको छ । सरकारले विगतदेखि नै स्वदेशमा दक्ष जनशक्ति नपाउँदा विदेशी नागरिकलाई काम गर्ने अनुमति दिँदै आएको छ । चालू आर्थिक वर्षको ४ महिनामा मात्र सरकारले ६ सय ७१ विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रमस्वीकृति) दिएको छ । यो संख्या गत वर्षको भन्दा भने कम हो । नेपालमा दक्ष जनशक्ति नपाएको अवस्थामा विदेशी राख्न पाउने कानुनी व्यवस्था छ । नेपालमा खासगरी विदेशी लगानीमा निर्माण भइरहेका परियोजनाहरूमा काम गर्न विदेशी आउने गरेका छन् । कोभिड महामारीका कारण लामो समय नेपालका परियोजना बन्द हुँदा यहाँ आउने विदेशीको संख्या घटेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । आजको कारोबार दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here