शिक्षकले उठाएका जायज मागहरु तत्काल सम्बोधन गर्नुपर्छ: प्रमुख सचेतक लेखक

0
4

काठमाडौं- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले शिक्षान विधेयकको विरोधमा आन्दोलतरत शिक्षकहरुले उठाएका जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

शुक्रबार सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै लेखकले देशभरका हजारौं शिक्षकहरु सडकमा उत्रँदा सरकार गम्भीर बन्नुपर्ने बताए । उनले लाखौं विद्यार्थीहरुको पढ्न पाउने हक र अधिकार बञ्चि हुँदा सरकार संवेदनशील बन्नुपर्ने बताए ।

‘शिक्षकका जायज मागको सम्बोधनका लागि हामीले हाम्रोतर्फबाट यथेस्ट प्रयत्न गरिराखेका पनि छौं । थप गर्नुपर्छ भन्ने पनि म आग्रह गर्न चाहन्छु,’ लेखकले भने, ‘यसबारे आजै एउटा निर्णय गर्नुपर्छ । शिक्षक साथीहरुका जायज मागहरुमा कांग्रेस प्रतिबद्ध छ । यसमा हामी अगाडि बढ्छौं भन्दा उचित हुन्छ ।’

प्रमुख सचेतक लेखकले संसद्मा नेकपा एमालेले खेलिरहेको भूमिका असोभनीय रहेको जानकारी गराएका छ्न । विशेषगरि एमालेले सदनमा सानो-सानो कुरालाई लिएर संसद अवरोध गरिरहेको,पटक-पटक संसद स्थगित गर्नु परेको लगायतका विषयमा पार्टीले ध्यान दिनुपर्ने लेखकको भनाई छ । ‘आजसम्म प्रतिनिधिसभाका ५५ वटा बैठक बसेका छन् । ५१ दिन हामी बैठकमा बसेका छौं,यसबीचमा सदन निरन्तर अवरोध हुने परिस्थिति बनिराखेको छ । प्रतिपक्ष आक्रोशित र अधैर्य र आक्रोशीत छ । मैले यस अघिको बैठकमा पनि जानकारी गराएको थियो । एमालेको उक्त कार्य यथावत छ’ । बैठकमा लेखकले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here