शारडा ग्रुपले नेपाली बजारमा ल्याउन लागेको ओमाडा इभी लाइभ स्ट्रिमिङमार्फत सार्वजनिक

0
12

काठमाडौं- शारडा ग्रुपले नेपाली बजारमा ल्याउन लागेको ओमाडा इभी लाइभ स्ट्रिमिङमार्फत सार्वजनिक गरेको छ । निसान र चेरी ब्रान्डको गाडी बिक्री गर्दै आएको शारदा ग्रुपले ओमोडाको चिनियाँ टोली र मिडियाका प्रतिनिधिको उपस्थितिमा अनलाइन लाइभस्ट्रिम कार्यक्रममार्फत ओमोडा ५ सार्वजनिक गरेको हो ।

उक्त लाइभस्ट्रिम ओमोडाका सीएमओ, लिलियन जिओंग र प्रबन्ध निर्देशक, कायपानद्वारा संचालित भएको थियो।

चीनबाट एकपछि अर्को नयाँ ईभी ब्रान्ड आउने क्रममा ओमोडा पनि नेपाली बजारमा सार्वजनिक गरिएको हो। नेपालमा चेरी गाडी आयात गरी बिक्री गर्दै आएको कम्पनी एसपीजी अटोमोबाइल्सले यो ब्रान्डलाई नेपाल ल्याउने भएको हो। कम्पनीले ल्याउन लागेको सो ब्रान्ड चेरी अन्तर्गतको हो। यो कम्पनीले अहिले ओमाडा ५ मोडलको एसयुभी बनाएको हो। नयाँ एसयुभीलाई कम्पनीले गत अप्रिलमा सांघाई अटो शोमा लन्च गरेको थियो।

कम्पनीले छिट्टै बजारमा ल्याउने तयारी गरेको ओमोडा ५ को बाहिरी भागमा स्पोर्टी ‘एक्स’ आकारको फ्रन्ट फेस दिइएको छ, जुन हावा प्रतिरोधका लागि अनुकूल र सही सन्तुलन कायम राख्न गतिशील छ।

ओमोडा ५ इभीको मुख्य विशेषताहरू मध्ये यसमा स्मार्ट र हलुका ब्याट्री रहेको छ। जसले ब्याट्रीको आयु बढाउनुको साथै भेहिकल टु लोड प्रविधिमार्फत माइलेजको चिन्तालाई सम्बोधन गर्न मद्दत गर्ने जनाइएको छ।

यसमा दिइएको ८१५५ क्वालकम स्मार्ट चिप, १६ प्रकारका एडीएएस, सोनी स्पिकर, असिस्टेड ड्राइभिङ जस्ता फिचरले इभी पारखीलाई आकर्षित गर्ने विश्वास लिइएको छ। यो नयाँ इभी ६१ किलोवाट आवर र ४० किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ । यसको रेन्ज ४५० किलोमिटर दाबी गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here