वैरागी सरकारको मुख्यसचिव, युवराज खतिवडा अमेरिका र रेग्मी बेलायतका लागि राजदूतमा नियुक्त

0
166

काठमाडौँ – बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै शंकरदास वैरागीलाई सरकारको मुख्यसचिवमा नियुक्त गरेको छ। स्रोतका अनुसार कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताभन्दा अघि नै राजीनामा दिएकाले परराष्ट्र सचिव वैरागी मुख्यसचिव भएका हुन्। आजै राजिनामा दिएका रेग्मीलाई भने बेलायतका लागि राजदूत सिफारिस गरिएको छ । मन्त्रिपरिषद्ले पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत बनाउने निर्णय समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here