वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका तीन नेपाली श्रमिकको मृत्यु

0
21

काठमाडौं – वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका तीन नेपाली श्रमिकको मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरुमा लमजुङका अमिर तामाङ, धनकुटाकी सुमित्रा तामाङ र सिराहाका राजिउल्लाह मोहम्मद छन् । लमजुङका २५ वर्षीय तामाङको आफ्नो कोठामा सुतेकै अवस्थामा मृत्यु भएको हो । कुवेतस्थित नेपाली दूतावास स्रोतका अनुसार मृतक तामाङ गत वर्षको नोभेम्बरमै घर फर्किनको लागि कम्पनीबाट पासपोर्ट लिएर हिँडेको र गैरकानुनी रुपले कुवेतमै बस्दै आएका थिए । मृतक तामाङ ५ वर्ष अघि रोजगारीका कुवेत पुगेका थिए । यस्तै, धनकुटाकी सुमित्रा तामाङले आफू बस्ने कोठामा रहेको पंखाको सिलिङमा झुण्डिएर आत्महत्या गरेकी हुन्। घरेलु महिलाको रुपमा कार्यरत तामाङले कुवेतको साल्मियामा रहेको घरमालिकको अपार्टमेन्टमा आत्महत्या गरेको कुवेत प्रहरीले जनाएको छ । उनी गैरकानुनीबाट हुँदै त्यहाँ पुगेर लेवनानी नागरिकको घरमा कार्यरत थिइन् । उनी कहिले कुवेत पुगेकी थिइन् र के कति कारणले आत्महत्याको बाटो रोजिन केही खुलेको छैन । नेपाली दूतावासले भने गैरकानुनी हुँदै कुवेत आएकाले पूर्ण विवरण प्राप्त गर्न नसकेको जनाएको छ । यसैगरी सिराहाका राजिउल्लाह मोहम्मदको पनि सवारी दुर्घटनामा मृत्यु भएको छ । कुवेतको हार्दिस पिज्जा कम्पनीमा डेलिभरी ब्याईको काम गरिरहेका उनको सवारी दुर्घटनामा मृत्यु भएको हो । उनीहरु कार्यरत कम्पनी तथा स्पोन्सरसँग समन्वय गरेर आवश्यक प्रक्रिया पूरा गरी मृतक तीन जनाकै शव स्वदेश पठाउने कार्य अघि बढाइएको दूतावासले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here