वुहानमा कोरोनाबाट निको भएका ९० प्रतिशतको फोक्सोमा समस्या

0
115

काठमाडौं- चीनको वुहानमा कोरोना संक्रमण भएर निको भएका ९० प्रतिशत मानिसको फोक्सो अझैं निको नभएको रिपोर्ट सार्वजनिक भएको छ। निको भएका ५ प्रतिशत संक्रमितमा फेरि परीक्षण नतिजा पोजेटिभ देखिएपछि क्वारेन्टानमा राखिएको बताइएको छ।
चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्स्ले जनाए अनुसार संक्रमण भएर निको भएकाहरुको स्वास्थ्य अवस्थामाथि अनुसन्धान गरिरहेको वुहान विश्वविद्यालय अन्तर्गतको झोंगनान अस्पतालका निर्देशक पेंग जियोंगको टोलीले गरेको नमुना अनुसन्धानमा यस्तो देखिएको हो।
उनीहरुले गत अप्रिलबाट संक्रमण निको भएका केही मानिसहरुमाथि अनुसन्धान थालेका थिए। त्यसअनुसार ती मध्ये ९० प्रतिशत मानिसको फोक्सो अझै पनि निको नभइसकेको देखिएको हो, भने ५ प्रतिशत मानिसमा फेरि संक्रमण देखिएको छ। निको भएका बिरामीहरू अस्पतालबाट डिस्चार्ज भएपछि तीन महिना पछि पनि अक्सिजन मेसिनको भर पर्नुपर्ने अवस्था रहेको छ । उक्त रिपोर्ट अनुसार निर्देशक पेंगको टीमले १०० जना कोरोना निको भएका मानिसहरुमाथि अध्ययन गरेको थियो।
पहिलो चरणको यो अनुसन्धान जुलाईमा सकिएको र संक्रमित मानिसहरुको औसत उमेर ५९ वर्ष रहेको बताइएको छ। ९० प्रतिशतको फोक्सो ड्यामेज अवस्थामा रहेको भन्नुको अर्थ उनीहरुको फोक्सोमा रहेका प्वालहरुले श्वासप्रश्वासका क्रममा अझै पनि सामान्य मानिसको जसरी काम गर्न सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here