वीरगन्जमा मंगलबार मृत्यु भएका बृद्धमा कोरोना पुष्टि

0
99

काठमाडौं – नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका–६, माईस्थान घर भएका ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो।
कोरोनाका लक्षण देखिएपछि वीरगन्जस्थित नारायणी अस्पतालअन्तर्गत गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको हो। मंगलबार १ बजे गण्डक अस्पताल भर्ना भएका उनको त्यही दिन अपराह्न मृत्यु भएको हो। योसँग नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ। ‘मृत्युपछि उनमा कोरोना पुष्टि भएको हो,’ पर्सा जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here