विस्फोट स्थल पुगेर ढकाल परिवारलाई मुख्यमन्त्रीले भेटे, दोषीमाथि कारबाही गर्न निर्देशन

0
33

३१ साउन, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकाल निवासमा बम विस्फोट गराउने समूहको पहिचान गरेर कारबाही गर्न निर्देशन दिएका छन् ।

बम विस्फोटको केही घण्टापछि सभामुख पूर्णबहादुर घर्ती मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, संसदीय समितिका सभापति दधिराम न्यौपाने, कांग्रेस सचेतक निर्मला क्षेत्री, सांसद् कमला विश्वकर्मा, प्रजिअ अर्जुनप्रसाद पोखरेलसहित घटनास्थल पुगेका मुख्यमन्त्री पोखरेलले घटना गम्भीर प्रकृतिको भएकाले सुक्ष्म अध्ययन गर्न प्रहरी प्रशासनलाई आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here