विश्वकै सबैभन्दा दुर्लभ समुद्री जीव, जम्माजम्मी १० वटा मात्रै बाँकी

0
3

काठमाडौं- विश्वमा यो जीवको संख्या १० वटा मात्रै बाँकी छ । यो धर्तीमा एका जीवमध्ये ती जीवको सूचीमा समावेश छ जुन लोपोन्मुख अवस्थामा छ । यो विश्वको एक्लो दुर्लभ समुद्री स्तनधारी हो । यसको नाम वाकिता परपोइज हो । वाकिता लोप हुने अवस्थामा भएपनि वैज्ञानिकले यसलाई बचाउन सकिने बताएका छन् । यस्तो उनीहरुले एक जेनेटिक स्टडीको आधारमा भनिरहेका छन् । ग्रे र सिल्भर रङको यो जीव मेक्सिकोस्थित क्यालिफोर्नियाको खाडीमा पाइन्छन् । यसको व्यापक शिकार हुने भएकोले यो लोप हुन लागेको बताइन्छ । सान फ्रान्सिस्कोस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियामा वाकिता पारपोयजमाथि अनुसन्धान गर्ने अनुसन्धाता डा। ज्याकलिन रोबिन्सनले भने, ‘हाम्रो अनुसन्धानमा यो निकै स्पष्ट छ कि वाकितालाई हामी जोगाउन सक्छौँ । यदि हामीले उनीहरुको इलाकाबाट गिलनेट्स हटाइदियौँ भने यस्तो सम्भव छ ।’ गिलनेट्स एक प्रकारको निकै भारी जाल हो जसमा ठूला माछा फसाइने गर्छ । साइन्स जर्नलमाप्रकाशित रिपोर्टको आधारमा डा। ज्याकलिनले बताए अनुसार वाकिता परपोेयज यसैकारण मात्रै लोप हुन लागेका छन् । उनीहरुको जनसंख्या कम छ । उनीहरुलाई कसरी जोगाउने भन्ने कुरा हामी मानिसहरुको दायित्व हो । हामीले वाकिता परपोयजलाई बाँच्नका लागि एउटा मौका दिनुपर्छ । हामीले उनीहरुको जनसंख्या पुनः बढाउन सक्छौा । उनीहरुको जिन्स बाँच्नका लागि पूर्ण सक्षम छ । ’ वाकिता अहिलेसम्म जेनेटिकली कमजोर भएका छैनन् । यो लोप हुनबाट बच्न सक्छन् । डा। ज्याकलिन भन्छिन्, ‘अबको ५० वर्षभित्र यिनीहरुले आफ्नो जनसंख्या बढाउन सक्छन्, यदि यिनीहरुलाई पूर्ण रुपमा सुरक्षा दिइने हो भने । हामीले सन् १९८५ देखि २०१७ बीच समातिएका वाकिताको डिएनएको परीक्षण गरेका छौँ । यो सबै अहिले भएका १० वाकिताको डिएनएसँग म्याच गर्छ । त्यसपछि यसको डिएनएको आधारमा यसको जिनको गणना गरियो । यदि उत्कृष्ट माहौल मिल्यो भने ५० वर्षमा यसले आफ्नो जनसंख्या बढाउन सक्छ । ’डा। ज्याकलिनका अनुसार यो जीव असाध्यै दुर्लभ छन् त्यसैले यसमा जेनेटिक भेरियसन पनि कम छ । त्यसैले इन–ब्रिडिङको जोखिम कम छ । यद्यपि, यो जीवलाइर्ए बचाउन सहज भने हुने छैन किनभने सबैभन्दा ठूलो चुनौती पर्यावरणविद र स्थानीय मानिसबीच हुने विवाद हो । त्यसपछि मेक्सिकोको सरकारको डिप्लोम्याटिक समस्यालाई पनि बुझ्नुपर्ने हुन्छ । यसअघि गिलनेट्सलाई प्रतिबन्धित गर्ने प्रयास गरिएको थियो । तर स्थानीय माझीहरुले यसको अत्यधिक विरोध गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here