विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा काठमाण्डौ

0
5

काठमाण्डौ – काठमाण्डौ विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा रहेको छ । आज बिहान साढे ९ बजे हावाको गुणस्तर मापक सूचक (एक्यूआई) अनुसार काठमाण्डौ दोस्रो सूचीमा रहेको हो । केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको छ । डढेलोका कारण देशभर वायु प्रदूषण बढेको वातावरण विभागले जनाएको छ । अहिले पनि काठमाण्डौ उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रहरुले हावा प्रदूषित भएको जनाएका छन् । एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ । ५१ देखि १०० सम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ । एक्यूआई तीन सयभन्दामाथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here