विश्वकपः आज ४ खेलमा प्रतिस्पर्धा हुँदै, पौने ४ बजे अर्जेन्टिना र साउदीबीच खेल हुने

0
13

काठमाडौं- कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज मंगलबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा मंगलबार समूह ‘सी’ र समूह ‘डी’को दुई-दुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह ‘सी’मा रहेको अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । उपाधि दाबेदार अर्जेन्टिना र साउदीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’मा रहेको डेनमार्क र ट्युनिसियाबीचको खेल साँझ ६स्४५ बजे सुरु हुनेछ । विश्वकप अन्तर्गत नै सोमबार हुने तेस्रो खेलमा पोल्याण्ड र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र मेक्सिकोबीचको खेल राति ९ : ४५ बजे सुरु हुनेछ । त्यस्तै सोमबार हुने चौंथो खेलमा साविक विजेता फ्रान्सले अष्ट्रेलियाको सामना गर्नेछ । समूह ‘डी’ मा रहेको फ्रान्स र अष्ट्रेलियाबीचको खेल राति १२ : ४५ बजे सुरु हुनेछ ।मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here