विवादित भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ

0
21

काठमाडौं – भारतका विवादित पत्रकार पत्रकार अर्नब गोस्वामीलाई प्रहरीले पक्राउ गरेको छ। रिपब्लिक टिभिका प्रधान सम्पादक गोस्वामीलाई मुम्बई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । गोस्वामीलाई प्रहरीले भ्यानमा राखेर लगेको समाचार संस्था एएनआईले जनाएको छ।
गोस्वामीमाथि ५३ वर्षे एक इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ। रिपब्लिकन टिभीले गोस्वामीलाई भ्यानमा हाल्दै गरेको भिडियो चलाएको छ। आत्महत्याको घटना भने सन् २०१८ को हो । गत मे महिनामा महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले सो घटनाका विषयमा नयाँ अनुसन्धान सुरु भएको जानकारी दिएका थिए।
रिपब्लिकन टिभीले तिर्नुपर्ने पैसा नदिएका कारण आफ्ना पिता र हजुरआमाले आत्महत्या गरेको इन्टायर डिजाइनरकी छोरीले आरोप लगाएकी छन्। पक्राउ गर्ने क्रममा प्रहरीले आफ्ना श्रीमती, छोरा र सासु–ससुरामाथि हातपात गरेको गोस्वामीले आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here